लुम्फुङ्वा वंशको बिशिस्ट व्यक्तित्व हरु को चर्चा

नयाँ पुस्ता लाइ प्रेरणा मिलोस भन्ने हेतु ले आज देखी लुम्फुङ्वा वंश का बिशिस्ट व्यक्तित्व हरु को चर्चा गरिनेछ ।

1, थिर बहादुर लुम्फुङ्वा ( घुमाउने जेठा)

थिर बहादुर लुम्फुङ्वा हाम्रो वंशका एक प्रेरणादायी व्यक्तित्व हुन। तेह्रथुम को साविक ओयाक्जुङ गाविस ( हाल फेदाप गाउपालिका -2 ) मरालुङ मा वि.स. 2021 साल पौष 28 गतेका दिन बुबा लक्षु बहादुर लुम्फुङ्वा र आमा हरि माया फोम्बो को कोखबाट उहाँको जन्म भएको थियो ।आफ्नो बाल्यकाल मरालुङमा व्यतित गर्दै 2036 साल तिर पढाई को सिलसिलामा भारत को दार्जिलिङ जानुभयो । दार्जिलिङ को TRONBULL SECONDARY SCHOOL बाट MATRIC र दार्जिलिङ कै ST. JOSHEPE COLLAGE बाट -GRADUATE गरि वि.स. 2045 सालमा नेपाल फर्किनु भयो। त्यसपछि उहाँ निरन्तर रूपमा शिक्षण पेशा मा आबद्ध हुनुहुन्छ । करिब तिन दशक लामो अध्यापन गर्नुभएका थिर बहादुर महालक्ष्मी नगरपालिका 6 मा अवस्थित MOUNT OLIVE ENGLISH BORDING SCHOOL का संस्थापक एवं प्रधानाध्यापक समेत हुन। उहाँ ले त्रिभुवन विश्वविद्यालय बाट Bed र सन 2015 मा KATHMANDU INSTITUTE OF TECHNOLOGY बाट MA गर्नुभएको छ। हाल उहाँ शिक्षण पेशा बाट अवकाश लिइ खोज अनुसन्धान क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँले ST. PETERSBURG UNIVERSITY OF FLORIDA USA मा दर्शनशास्त्र बाट Phd ,thesis submit गर्नुभएको छ भने MICHIGAN UNIVERSITY OF MICHIGAN,USA मा कृषि अनुसन्धान मार्फत अर्को विद्यावारिधी (Phd) को तयारीमा हुनुहुन्छ । हाल खोज अनुसन्धान कै क्रममा कर्णाली प्रदेशको कालिकोट जिल्ला मा कार्यरत हुनुहुन्छ। agriculture ,education ,communication ,commerce ,industry ,organization र united society मार्फत देश र समाज को परिवर्तन गर्न सकिने विस्वास का साथ आफु खोज अनुसन्धान मा क्रियाशिल रहेको उहाँ ले बताउनुभयो। उहाँ अध्यायन ,अध्यापन बाहेक कृषि क्षेत्र मा पनि क्रियाशिल हुनुहुन्छ । व्याबसायिक कुखुरा एवं टर्की पालन तथा तरकारी खेती मार्फत ललितपुर मा CREAT AGRO FARM सन्चालन गर्दै आउनुभएको छ।साथै कालिकोट मा व्याबसायिक बाख्रा पालन को योजना भए पनि कोरोना महामारी का कारण संचालन गर्न नसकिएको र निकट भविस्य मा संचालन गर्ने योजना रहेको बताउनुभयो ।उहाँ श्रीमती र तिन छोरा सहित ललितपुर को महालक्ष्मी नगरपालिका -8 मा स्थायी बसोबास गर्दै आउनुभएको छ।

नोगेन सेवारो! क्रमश अन्य व्यक्तित्व हरु को चर्चा गरिनेछ।

All rea