व्यक्तित्व चर्चा ,श्रींखला न. - #2


नर प्रसाद लुम्फुङ्वा ( लहसे ठुले)

नर प्रसाद लुम्फुङ्वा हाम्रो वंश का विशिष्ट व्यक्तित्व मध्येका एक हुनुहुन्छ । उहाँको जन्म 2022 साल भदौ 18 गतेका दिन तामी क्याम्प हङकङमा तत्कालीन लाहुरे बुबा लाल बहादुर लुम्फुङ्वा र आमा सुक माया तुम्बाहाङ्फे को कोखबाट भएको थियो ।उहाँको जन्म हङकङमा भए पनि बाल्यकाल र प्रारम्भिक शिक्षा उहाँको पुर्ख्यौली गाउ तेह्रथुम को साविक पौठाक गाविस हाल मेन्छ्यायेम गाउपालिका - तेनेबु चुङ्जिक्वा( गैरिगाउ) नजिकै रहेको श्री शारदा प्रावी डाडागाउ बाट सुरु भयो ,त्यसपछी सपरिवार धरान मा बसाई सरि आए पछि तत्कालीन बृटिस क्याम्प भित्र रहेको GORKHA CHILDREN SCHOOL मा 4 कक्षा सम्म 5 र 6 कक्षा DHARAN BOARDING SCHOOL मा अध्यायन गरि बाकी अध्यायन LABORATORY SECONDARY SCHOOL किर्तिपुर काठमाडौ बाट उहाले बि.स. 2039 सालमा प्रथम श्रेणीमा SLC उत्तीर्ण गर्नुभएको हो । जानकारी भए अनुसार उहाँ लुम्फुङ्वा वंश बाट SLC उत्तीर्ण गर्ने नेपाल बाट प्रथम व्यक्ति हुनुहुन्छ ।त्यसपछी उहाँ ले 2047 सालमा शंकरदेव क्याम्पस काठमाडौ बाट कमर्स मा Bcom गर्नुभएको छ।शिक्षा संगै ,राजनीतिक, सामाजिक अभियान मा समेत सामेल हुनुभएको थियो । प्रतिबन्धित समय 2042 साल तिर तत्कालीन माले सम्बद्ध Y.L ( युथ लिग) र अखिल मा आबद्ध हुनुभयो ।2046 सालमा नेकपा माले धरान नगर समिति का कार्यलय सचीव र पार्टी एकता भए पछि 2048 साल देखी नेकपा एमाले को धरान नगर् कमिटी को कार्यबाहक सचीव भएर काम गर्नुभयो ।2051 साल देखी धरान नगर सचिवालय सदस्य एवं प्रजातान्त्रिक राष्ट्रिय युवा संघ सुनसरी को जिल्ला सचिव भएर राजनीति गर्नुभयो समय कालखण्ड बदलिदै जादा उहाँ पहिचानवादी धारमा आबद्ध हुनुभयो । यसका साथै उहाँ सामाजिक संघ संस्था मार्फत आफ्नो सामुदायको लागी आजसम्म पनि क्रीयाशिल हुनुहुन्छ , संस्थापक सदस्य भएर उहाँको सहभागिता मा 2046 सालमा किराँत याक्थुङ चुम्लुङ को स्थापना भयो।उक्त संस्था को केन्द्रिय सचिव भएर 2049-देखी -2059 सालसम्म सेवा गर्नुभयो ।हाल किराँत याक्थुङ चुम्लुङ को केन्द्रिय सल्लाहकार हुनुहुन्छ ।त्यसै कालखण्डमा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्था मा अभियानता भएर काम गर्नुभयो । UNDER PRIVILEGED CHILDREN ASSOCIATION (UPCA) NEPAL को संस्थापक उपाध्यक्ष एवं कार्यकारी संयोजक भएर करिब 15 बर्ष सेवा गर्नुभयो । त्यसैगरी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था Action Aid को शैक्षिक जागरण अभियान को प्रशिक्षक एवं तालीम संयोजक भएर काम गर्नुभयो।त्यसैगरी नेपाल पत्रकार महासंघ सुनसरी को 2049 देखी 2055 सम्म दुइ कार्यकाल जिल्ला सदस्य भएर काम गर्नुभयो ।राजनीति र समाज सेवा बाहेक उहाँ ले,साहित्य सिर्जना मा समेत कलम चलाउनु भएको छ।उहाले (विभाजित शहर 2048 ) ( खण्डित मान्छे -2049)नाट्य लेखन गर्नुभएको छ भने "लक्ष्मी सडक का कविताहरु " कविता संग्रह लगायत अन्य छ वटा कविता संग्रह हरुमा 30 वटा भन्दा बढी फुटकर कविता हरु प्रकाशित छन। नागरिक दैनिक ,कान्तिपुर ,स्वाधीन संवाद,पुर्वको कोशेली,बिजयपुर साप्ताहिक ,मर्निङ टाइम्स,ब्लास्ट टाइम्स ,सयपत्री,ला:इक जर्नल आदि पत्र पत्रीका जर्नल हरु बाट 80 भन्दा बढी अनुसन्धानात्मक स्तम्भ लेखन गरिसक्नुभएको छ । उहाँ लिम्बु भाषा चलचित्र का प्रथम नायक समेत हुन। 2049 सालमा लिम्बू कथानक चलचित्र "तरेबा" मा मुख्य नायक को रूपमा अभिनय गर्नुभएको थियोे । फिलिपिन्स ,वंगालादेश ,हङकङ र भारत का मुख्य शहर हरुको भ्रमण गरिसक्नुभएका उहाँ ले,हङकङ को उज्ज्वल भविस्य त्यागेर आफ्नो माटो र सामुदाय को मायाले आफु बिदेश नगई आफ्नो देश, जनता,र सामुदाय को हक अधिकार का लागी जिवन भर संघर्ष गर्दै आएको र लिम्बु जाती को भाषा संस्कृति कला साहित्य र भुमी अधिकार बारे वकालत गर्दै आएको बताउनु भयो ।हाल उहाँ बुबा ,श्रीमती र छोराछोरी सहित धरान -19 मा स्थायी बसोबास गर्दै आउनु भएका उहाँ हाल लिम्बुवान अध्यायन केन्द्र विजयपुर च्याटर को अध्यक्ष हुनुहुन्छ ।साथै लुम्फुङ्वा वंशावली लेखन तथा सम्पादन कार्यमा क्रियाशिल हुनुहुन्छ ।
त्यसैगरी उहाँ का जिवन संगिनी बसन्ती थेबे झण्डै तिन दशक देखी शिक्षण पेशा मा आबद्ध हुनुहुन्छ ।बि. स. 2058 सलमा उहाँ ले त्रिभुवन विश्वविद्यालय बाट मानविकी संकायमा अंग्रेजी बाट -MA र बि.स. 2069 सालमा त्रिभुवन विश्वविद्यालय बाटै शिक्षा शास्त्र मा अंग्रेजी बाट -Med गर्नुभएको छ।उहा काठमाडौ ,ताप्लेजुङ हुँदै धरान को किरातेश्वर मा.वि.मा अंग्रेजी शिक्षीका को रूपमा कार्यरत हुनुहुन्छ ।उहाँ लिम्बु विद्यार्थी मन्च को संस्थापक सदस्य समेत हुनुहुन्छ । उहाँ हरु को छोरी सुक्कुम र छोरा मुक्कुम हाल अध्यायनरत हुनुहुन्छ ।।

नोगेन सेवारो