समवेदना

2018-10-28

श्रीप्रसाद लुम्फुङ्वा

2079-04-31

तेहृथुम जिल्ला श्रीजुङ - ६ (हाल मेन्छ्यायेम - ४) बस्ने बुबा स्व. नरवीर लुम्फुङ्वा र आमा स्व. पार्वती सम्बाहाम्फेको कान्छा छोराको रूपमा वि.सं. २०१८ साल माघ १८ गते जन्मनु भई धरानलाई राजनीतिक, सामाजिक कर्मथलो बनाई धरान उपमहानगर पालिकाको वडा नं १० को वि.सं. २०७४ सालमा वडा अध्यक्षको रुपमा निर्वाचित भई (ऊनी यस अगाडीपनी निर्वाचित तथा मनोनित जन-प्रतिनिधि थिए ।) जनताको सेवा गर्नुभएका लुम्फुङ्वा कल्याणकारी संस्थाको सदस्य श्रीप्रसाद लुम्फुङ्वाको ६१ वर्षको उमेरमा २०७९ श्रावण ३१ गतेको दिन उपचारको क्रममा दुःखद निधन भएकोमा हार्दिक श्रदान्जलि प्रकट गर्दछौं । साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं ।

लुम्फुङ्वा कल्याणकारी संस्था

केन्द्रिय समिति, लिम्बुवान धरान