सुखद भेटघाट अनि पारिवारिक पुनर्मिलन

80 साल जेठ 7 गते का दिन सिंगमाडी दार्जिलिङ पश्चिम बंगाल भारत बाट नेपाल भ्रमण मा आउनुभएका अनिल लुम्फुङ्वा र उहाँको परिवार संग धरान स्थित मुक्कुमलुङ होटलमा लुम्फुङ्वा कल्याणकारी संस्था का पदाधिकारी साथै निजका आफन्तजन संग भेटघाट एवं पारिवारिक पुनर्मिलन भएको छ।निज अनिल लुम्फुङ्वा ले आफ्नो बुबा आमा सानै उमेरमा गुमाएकाले आफ्नो वंश एवं पुर्वज बारे थाहा नभएको र आफ्नो थरी मान्छेहरु समेत नभेटेको हुनाले वंशेरी दाजुभाइ संग सम्पर्क नभएको बताउनुभयो ।आजको भेटघाट ले आफू अत्यन्तै हर्षित भएको बताउनुभयो । आफ्नो बुबाको नाम समेत राम्रो जानकारी नभएकोले वंशावली अध्यायन गर्दा निजका सहोदर काका लाल बहादुर लुम्फुङ्वा धरान मै बस्ने भएकोले उहाँलाई बोलाएर सुखद पारिवारिक भेटघाट गराउने संयोग जुर्यो ।निजका काका लालबहादुर लुम्फुङ्वा ले आफ्नो दाजु 2018 सालमा आसाम भासिए पछि सम्पर्क नभएको जानकारी दिनुभयो।उहाँ ले अनिलको बुबाको नाम वंशावली मा सार्के मात्रै उल्लेख भएपनि उहाँको वास्तविक नाम खुमाहाङ लुम्फुङ्वा भएको जानकारी दिनुभयो । अनिल लुम्फुङ्वा सेवा निवृत्त भारतीय सेना हुनुहुन्छ ।उहाँले आउदा दिन निरन्तर सम्पर्कमा रहने र आफ्नो क्षेत्रमा रहेका लुम्फुङ्वा हरुको खोजीमा आफुले सक्ने जति योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी उहाँ र उहाँको श्रीमती मिनु गुरुङ ,छोरी आन्जुम लुम्फुङ्वा र ज्वाइलाइ लु.क.स अध्यक्ष पुर्ण बहादुर लुम्फुङ्वा ले सिलाम साक्मा को मिक्तोक दिएर लुम्फुङ्वा सामुदायमा स्वागत गर्नुभयो ।।
नोट -यो भेटघाटमा छोरी आन्जुम लुम्फुङ्वा संग केहि बर्ष अगाडि सामाजिक सन्जाल मार्फत सम्पर्क भइ ,उहाले पारिवारिक विवरण बुबालाई सोधेर हामीलाई उपलब्ध गराउनुभएको थियो र आज भेटघाट गर्ने अवशर पनि जुर्यो त्यसको लागि छोरी आन्जुम लाई धेरै धेरै धन्यवाद ।।
नोगेन!!
All reactions:
You, Shiba Kumar Lumphungwa Limbu, Rabinã Lïmbû and 101 others