लुम्फुङ्वा परिवार आसामको एतिहासिक दिन

लुम्फुङ्वा परिवार आसामको एतिहासिक दिन

आज आसाम बसोबास गर्ने लुम्फुङ्वाहरुको भेलाले लुम्फुङ्वा कल्याणकारी समाज आसाम गठन गरेको छ ।

समाजको अध्यक्ष उदलगुरी खावरङका कृष्ण लुम्फुङ्वा र सचिव सोनितपुर गंगापुरका गोपाल लुम्फुङ्वा रहेका छन् । कोषाध्यक्ष दल बहादुर लुम्फुङ्वा उदलगुरी, जित बहादुर लुम्फुङ्वा शिलापत्थर, दिल बहादुर लुम्फुङ्वा उदलगुरी, रतन लुम्फुङ्वा उदलगुरी, दिशा लुम्फुङ्वा उदलगुरी (छोरी खाल), देवजित लुम्फुङ्वा गंगापुर सोनितपुर, सेमन्त लुम्फुङ्वा गोरमारा सोनितपुर, लिला लुम्फुङ्वा गंगापुर सोनितपुर (छोरी खाल) तथा एकजना बुहारी खालबाट मनोनित गर्ने र बैठकबाट एकजना उपाध्यक्ष र एकजना सह-सचिव मनोनयन गर्नेगरी ११ सदस्यीय समिति गठन भएको छ ।

सल्लाहकारमा चन्द्र लुम्फुङ्वा (गोरमारा), टेक लुम्फुङ्वा (गंगापुर), किशोर लुम्फुङ्वा (भैरबकुन्ड/जंगली खाल), खर्क बहादुर लुम्फुङ्वा (खावरङ/ राइटार) र एममाँया सम्बाहाङ्फे लुम्फुङ्वा (गंगापुर/काकी) रहेका छन् ।

गंगापुरमा सप्पन्न कार्यक्रममा नेपालदेखी लुम्फुङ्वा कल्याणकारी संस्था को सल्लाहकार नरप्रसाद लुम्फुङ्वा र लुकस काठमाडौ इकाइ सल्लाहकार डा. हेम लुम्फुङ्वाको उपस्थिति रहेको थियो ।