लुम्फुङ्वाको चौथो अधिवेशन

लुम्फुङ्वाको चौथो अधिवेशन

लुम्फुङ्वा कल्याणकारी संस्थाको नवौं साधारणसभा तथा चौथो अधिवेशन शनिवार धरानमा सम्पन्न भएको छ ।

संस्थाको अध्यक्ष पूर्ण बहादुर लुम्फुङ्वाको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथी ले. नरबहादुर लुम्फुङ्वा रहेका थिए । संस्थाको सचिव लक्ष्मीनारायण लुम्फुङ्वाले सञ्चालन गरेको कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाधक्ष्य उत्तम लुम्फुङ्वाद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सचिवले नै प्रस्तुत गरेका थिए । संस्कार संस्कृतिबारे समितिका संयोजक राज्य प्रसाद लुम्फुङ्वा र सचिव लिलाप्रसाद लुम्फुङ्वा र सेरजंग लुम्फुङ्वा कल्याणकारी संस्थाको अध्यक्ष राज बहादुर लुम्फुङ्वाले अधिवेशनमा सम्वोधन गरेका थिए ।

अधिवेशनमा लुम्फुङ्वा परिवारमा उल्लेखनीय कार्य गर्नेलाई सम्मान एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो । स्नातकोत्तर गर्ने बुहारीबाट बिमला आङ्देम्बे लुम्फुङ्वा, मीस प्रोभिन्स आइडल २०२५ वीनर रेखा लुम्फुङ्वा र मिस एसइइ सुनसरी सेकेण्ड रनर अप सिकुम लुम्फुङ्वालाई सम्मान पत्र प्रदान गरिएको थियो । यसैगरी सामुदायिक विद्यालय सम्दु मा.वि. सम्दु, तेर्‍हथुमबाट वि.सं. २०८१ मा एस्इईमा लुम्फुङ्वा परिवारमा उत्कृष्ट जीपीए ल्याई उतिर्ण सेसेमा लुम्फुङ्वालाई नगद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा डा. हेम लुम्फुङ्वा, क्या.विष्णु लुम्फुङ्वाले अधिवेशनको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशनको नरप्रसाद लुम्फुङ्वा संयोजक रहेको पाँच सदश्यीय निर्वाचन समितीले अध्यक्षमा कमल कुमार लुम्फुङ्वा, उपाध्यक्ष होम बहादुर लुम्फुङ्वा, सचिव लक्ष्मी नारायण लुम्फुङ्वा, सहसचिव सुन्दर लुम्फुङ्वा, कोषाध्यक्ष उत्तम कुमार लुम्फुङ्वा र सदश्यहरुमा चन्द्र बहादुर लुम्फुङ्वा (उर्लाबारी, पथरी शनिश्चरे पालिका), भवानी प्रसाद लुम्फुङ्वा (सुन्दर हरैंचा, बेलबारी, कानेपोखरी), अम्बिका लुम्फुङ्वा (इटहरी, बक्लौरी, बराहक्षेत्र), हर्क बहादुर (कुमार) लुम्फुङ्वा (धरान), बशन्ती थेबे लुम्फुङ्वा र शारदा लुम्फुङ्वालाई निर्विरोध निर्वाचित गरेको छ ।