लुम्फुङ्वा चेलीमाईती वचत कोषको पहिलो अधिवेशन तथा तेश्रो साधारणसभा सम्पन्न

लुम्फुङ्वा चेलीमाईती वचत कोषको पहिलो अधिवेशन तथा तेश्रो साधारणसभा २०८२ माघ १४ गते (२८ जनवरी, २०२५) धरान स्थित चुम्लुङ हिममा सम्पन्न भयो ।

कोष सञ्चालक समितिको अध्यक्ष लक्ष्मीनारायण लुम्फुङ्वाको सभापतित्वमा सम्पन्न साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथी लुम्फुङ्वा कल्याणकारी संस्थाको अध्यक्ष कमल कुमार लुम्फुङ्वा, विशिष्ट अतिथी संस्थाको पूर्व अध्यक्षहरु ले.नरबहादुर लुम्फुङ्वा, पूर्ण बहादुर लुम्फुङ्वा र अतिथीहरु संस्थाको सल्लाहकारहरु नरप्रसाद लुम्फुङ्वा, राज बहादुर (कुमार) लुम्फुङ्वा, संस्थाको उपाध्यक्ष होम बहादुर लुम्फुङ्वा, कोषाध्यक्ष उत्तम लुम्फुङ्वा रहेका थिए ।

अध्यक्ष लक्ष्मीनारायण लुम्फुङ्वाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै लुम्फुङ्वा चेलीमाईती वचत कोष तीन वर्ष पुरा भएर चार वर्ष लागेको र यो तीन वर्षमा १३३ जनाले २४ लाख ५१ हजार ६८१ वचत गरेको र यस अवधीमा ७९ जना कोषबाट लाभान्वित भएको र हाल बैंकमा ६ लाख ४५ हजार ८ सय मौज्दात रहेको बताए । उनले यस अवधीमा ३० लाख ३५ हजार रकम ‘टर्नओभर’ भएको पनि बताए ।

उनले प्रतिवेदनमा आगामी वर्षदेखि तीन वर्ष वचत गर्ने सदश्यले एकजनाको जमानीमा ४० हजार, दुई वर्ष वचत गर्नेले दुईजनाको जमानीमा ३५ हजार र एक वर्ष वचत गर्नेले दुईजनाको जमानीमा २५ हजार कर्जा प्रवाह हुने योजना प्रस्तुत गरे ।

वचत रकम १ करोड पुगेपछि सहकारीको स्वरुप दिने योजना भएको छलफल भएको थियो ।

अधिवेशनबाट आगामी तीन वर्ष (२०८२–२०८५÷२०२६–२०२८) को लागि कमल कुमार लुम्फुङ्वा, पूर्ण बहादुर लुम्फुङ्वा र नरप्रसाद लुम्फुङ्वा रहेको निर्वाचन समितिले ९ सदश्यीय कोष सञ्चालक समितिमा अध्यक्ष लक्ष्मीनारायण लुम्फुङ्वा, उपाध्यक्ष चन्द्र बहादुर लुम्फुङ्वा (उर्लाबारी, मंलबारे), सचिव सुन्दर लुम्फुङ्वा, कोषाध्यक्ष होम बहादुर लुम्फुङ्वा र सदश्यहरुमा कुमार (हर्क) लुम्फुङ्वा, हरी लुम्फुङ्वा, भिमादेवी लुम्फुङ्वा, देवराज लुम्फुङ्वा र कौशिला लुम्फुङ्वालाई निर्विरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित कोष सञ्चालक समितिलाई लुम्फुङ्वा कल्याणकारी संस्था केन्द्रिय समिति धरान हार्दिक बधाई एवम् शुभकामना ज्ञापन गर्दछ ।