तेश्रो संस्करणको अन्तर लुम्फुङ्वा फुटसल प्रतियोगिता टिम श्रीजुङ लाई

गत शुक्रबार सम्पन्न तेश्रो संस्करणको अन्तर लुम्फुङ्वा फुटसल प्रतियोगितामा टिम श्रीजुङ ए र बी ले पहिलो र दोश्रो स्थान हासिल हुन सफल भएको छ । 

 

पहिलो र दोश्रो स्थान हासिल गर्ने टोलीले रु. ५०,०००÷– र रु. ३०,०००÷–  प्राप्त गरेको छ । प्रतियोगितामा जम्मा ९ टोलीले सहभागिता जनाएको थियो  । 

उत्कृष्ट विधातर्फ टिम श्रीजुङ बीको उज्जवल लुङ्फुङवा उत्कृट खेलाडी भएको छ । उच्च गोलकर्ता टिम श्रीजुङ एको गणेश लुम्फुङ्वा, उत्कृष्ट डिफेन्डर टिम श्रीजुङ बीको पालतेन लुम्फुङ्वा, उत्कृष्ट गोलरक्षक टिम श्रीजुङ एको चेतन लुम्फुङ्वा र  राईजिङ प्लेयर इटहरीको संजक लुम्फुङ्वा घोषित हुनु भएको छ । 

 

त्यस्तै महिलातर्फ संगपु (श्रीजुङ र संगपु) पहिलो र इटहरी दोश्रो स्थान हासिल हुन सफल भएको छ।  पहिलो र दोश्रो स्थान हासिल गर्ने टोलीले रु. १५,०००÷– र रु. १०,०००÷–  प्राप्त गरेको छ ।

प्रतियोगितामा ३ टोलीको सहभागिता रहेको थियो ।  सान्त्वाना पुरस्कार चुङजीवा एफसीले  प्राप्त गरेको छ ।  भेट्रान्सतर्फ चुङजीवना एफसीलाई हराउँदै टिम श्रीजुङ (श्रीजुङ र संगपु) प्रथम हासिल गरेको छ । विजेता टोलीले रु. ५,०००÷ प्राप्त गरेको छ । 

 

प्रतियोगिताको प्रमुख अतिथी लुम्फुङ्वा कल्याणकारी संस्थाको अध्यक्ष कमल कुमार लुम्फुङ्वा उपस्थित रहेको थियो । लुम्फुङ्वा क्लबको सचिव सुन्दर लुम्फुङ्वाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।  प्रतियोगितामा सहभागी हुन युवा नेता सुवास लुम्फुङ्वा, अन्तराष्ट्रिय साइकोलिष्ट आशा लुम्फुङ्वा र रनर जमुना लुम्फुङ्वाको सहभागीता रहेको थियो । आयोजक टोलीलाई धन्यवाद तथा प्रतियोगीता निरन्तरताको अग्रिम शुभकामना । लुम्फुङ्वा क्लबको अध्यक्ष उत्तमकुमार लुम्फुङ्वाले कार्यक्रम समापन गरेको थियो ।