संस्थाको साधारणसभा हुने

लुम्फुङ्वा कल्याणकारी संस्थाको वार्षिक साधारणसभा यहीँ असोज २७ गते बिहीबारको दिन धरानमा आयोजना हुँदै छ ।

बिगत दुई वर्ष कोभिडका कारण वृहत रुपमा साधारणसभा आयोजना हुन सकेको थिएन ।

धरान स्थित धरान ८ को लांघाली सामुदायीक भवनमा आयोजना हुने यस वर्षको साधारणसभामा विधान अनुसार नेतृत्व हेरफेर गर्नेछ ।

साधारणसभामा सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन तथा आगामी योजना प्रस्तुत भई अनुमोदन हुनेछ ।

यसैगरी सभामा लुम्फुङ्वा हिमको प्रतिबेदन, उपचार कोष प्रतिबेदन, तराई मधेशमा प्रवाहीत ऋण प्रतिवेदन, वंशावली कोष प्रतिवेदन प्रस्तुत हुनेछ । साथै शिक्षामा स्नातकोत्तर उतिर्ण लुम्फुङ्वाहरु (बुहारी सहित), खेलकुद लगायत राजनीतिमा उल्लेखनीय पदमा पुग्ने लुम्फुङ्वा/माहरुलाई सम्मान कार्यक्रम रहेको छ । वंशावली दोश्रो संस्करण प्रकाशनका लागि ५० हजार सम्म प्रायोजन गर्नेलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । १ लाख वा सो भन्दा माथी प्रायोजन गर्नेहरुलाई वंशावली दोश्रो संस्करण लोकार्पन कै समयमा सम्मान गरिएको थियो ।

दुई वर्षदेखि बृहत रुपमा साधारणसभा हुन नसकेकोले यस साधारणसभामा सदस्यता नविकरण, लेवी, नँया सदस्यता वितरण समेत हुने कोषाध्यक्ष कमल लुम्फुङ्वाले बताउनु भएको छ ।

साधारणसभामा लुम्फुङ्वा वंशावली वेबसाईटलाई सार्वजनिक गरिने पनि कार्यक्रम रहेको छ ।