संस्थाको साधारणसभा र कार्य समिति पुःनगठन

संस्थाको साधारणसभा र कार्य समिति पुःनगठन

लुम्फुङ्वा कल्याणकारी संस्थाको छेठौं वार्षिक साधारणसभा पूर्ण बहादुर लुम्फुङ्वाको अध्यक्षतामा पुःनगठन हुँदै धरानमा असोज २७ गते (१३ अक्टोबर, २०२२) विहीवार सम्पन्न भएको छ । वि.सं. २०४९ साल चैत्र १३ गते मधेश क्षेत्रका लुम्फुङ्वाहरुलाई संगठित गर्न स्थापित भई वि.सं. २०७३ मा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्था कोभिडका कारण दुई वर्षदेखि साधारणसभा सार्वजनिक रुपमा सम्पन्न हुन सकेको थिएन ।

साधारणसभामा संस्थाको सचिव लक्ष्मी नारायण लुम्फुङ्वाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमल लुम्फुङ्वाले आर्थिक तथा लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । आन्तरिक कर्जा प्रवाह प्रतिवेदन चन्द्र लुम्फुङ्वा, स्वास्थ्य तथा आकस्मिक सहयोग प्रतिवेदन उत्तम लुम्फुङ्वा र वंशावली कोषबारे नरप्रसाद लुम्फुङवाले प्रस्तुत गरेका थिए ।

साधारणसभालाई वंशावली दोश्रो संस्करणको संयोजक राज्यप्रसाद लुम्फुङ्वा, वंशबाट एकमात्र वरिष्ठ चिकित्सक डा. हेम लुम्फुङ्वा, लुम्फुङ्वा समाज हङकङका अध्यक्ष त्रिभुवन लुम्फुङ्वा, सम्मानितहरुबाट वशन्ती थेबे लुम्फुङ्वा र मनिता जोगी लुम्फुङ्वाले सम्वोधन गरेका थिए ।

सम्मान

साधारणसभामा वंशमा स्नातकोत्तर गरेकाहरुलाई सम्मान गरिएको थियो । सम्मान पाउने स्नातकोत्तर गर्ने बुहारीहरु बशन्ती थेबे लुम्फुङ्वा, ज्योती सिगु लुम्फुङ्वा र मनिता जोगी लुम्फुङ्वा रहेका थिए भने पुरुषहरुमा डम्बर लिम्बु लुम्फुङ्वा र डिल्ली लिम्बु लुम्फुङ्वा रहेका थिए । यसैगरी खेलकुद र राजनीतिमा योगदान दिनेहरु फुटबलबाट सुवाश लुम्फुङ्वा र साइक्लिङ्बाट आशा लुम्फुङ्वालाई सम्मान गरिएको थियो । राजनीतिबाट हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मेन्छयायेम गाउँ पालिका वडा नम्बर ४ मा वडा अध्यक्ष निर्वाचित कविन्द्र लुम्फुङ्वालाई पनि सम्मान गरिएको थियो । यस अघि पनि स्नातकोत्तर गर्ने, राजनीति र खेलकुद क्षेत्रबाट उपलव्धी हासिल गर्नेहरुलाई सम्मान गरेको थियो ।

नौ बुदे समसामयिक प्रस्ताव

साधारणसभाले ९ बुँदे समसामयिक प्रस्तावहरु पारित गर्दै एउटा बुँदामा “लुम्फुङ्वा कल्याणकारी संस्था वंशको एतिहासिक, सांस्कृतिक यक, थलो, समाधीस्थल एवम् पुख्र्यौली भूमिको संरक्षण गर्न प्रतिवद्ध रहनेछ र यसको लागि कार्य समितिले नीति र कार्यक्रम बनाएर अगाडी वढ्ने छ” भनेर उल्लेख गरेको छ । अर्को एक प्रस्तावमा धरानमा लुम्फुङ्वा समाजमा आर्थिक सबलिकरणको कार्यक्रम परिक्षणको रुपमा लागू गर्ने पनि पारित भएको छ । शिक्षा क्षेत्रमा जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका लुम्फुङ्वा विद्यार्थीलाई शैक्षिक सहयोग निरन्तरता प्रदान गर्ने, ४० लाखसम्मको एक आकस्मिक तथा उपचार कोष निर्माण गर्ने योजना पनि प्रस्तावमा उल्लेख छ ।

कार्य समीतिमा को को ?

साधारणसभाले एकजना सदस्य थप गर्नेगरि मधेश, पहाड, काठमाडौको प्रतिनिधीत्व हुनेगरी १५ सदस्यीय आगामी ३ वर्षको लागि कार्य समीति संस्थाको पुर्व अध्यक्ष ले.नरबहादुर लुम्फुङ्वाको संयोजकत्वमा गठित निर्वाचन मण्डलले निर्वाचित गरेको छ । कार्य समीतिमा पूर्ण बहादुर लुम्फुङ्वा अध्यक्ष, कमल लुम्फुङ्वा उपाध्यक्ष, लक्ष्मीनारायण लुम्फुङ्वा सचिव, कर्ण बहादुर लुम्फुङ्वा सह सचिव, उत्तम लुम्फुङ्वा कोषाध्यक्ष र सदस्यहरुमा धनकुमार लुम्फुङ्वा, डिल्ली लुम्फुङ्वा, चन्द्र लुम्फुङ्वा, विनोद लुम्फुङ्वा, शिव कुमार लुम्फुङ्वा, दिपक लुम्फुङ्वा, भवानी लुम्फुङ्वा, स्वेता लुम्फुङ्वा र मनमाँया हाङ्गाम लुम्फुङ्वा रहेका छन् ।

लुम्फुङ्वा कल्याणकारी संस्थाको संस्थापक सचिव, पूर्व अध्यक्ष तथा लुम्फुङ्वा वंशावली पहिलो संस्करणको मुल लेखक लाल बहादुर लुम्फुङ्वा प्रमुख अतिथी रहेको साधारणसभामा संस्थाको पूर्व अध्यक्ष ले.नरबहादुर लुम्फुङ्वा विशिष्ट अतिथी रहेका थिए । अध्यक्ष पुर्णबहादुर लुम्फुङवाको अध्यक्षतामा सम्पन्न साधारणसभाको सञ्चालन सचिव लक्ष्मी नारायण लुम्फुङ्वाले गरेका थिए भने स्वागत सदस्य धनकुमार लुम्फुङ्वाले गरेका थिए ।