लुम्फुङ्वाहरुको दोस्रो प्राचीन थातथलो लाबृ, गैरिगाउ

हालको राज्य संरचना अनुसार मेन्छ्यायेम गाउपालिका -1 पौठाक तेह्रथुम, प्रदेश नम्बर एक नेपाल मा पर्दछ। लुम्फुङ्वा थर सम्बन्धि अध्यायन प्रतिवेदनमा उल्लेख गरिए अनुसार गैरिगाउ को प्राचीन नाम तेबेनु,चंजिवा हो,यसैगरी लावृ को चाहिँ ला:फिरिङ को अप्रभंस बाट लावृ भएको हो , उक्त गाउँमा हाल चाहिँ केहि पंधाक थरी लिम्बू हरु बाहेक सबै क्षेत्री बाहुन हरु को वस्ती मात्रै छ तर लुम्फुङ्वा हरु को जग्गा जमिन भने धेरै छ । पहिले को संरचना अनुसार पौठाक गाविस वाड न.-1 गैरिगाउँ थियो कुनै समय उक्त वडामा ,दाहाल ,बाँस्तोला ,दंगाल लगायतका क्षेत्री बाहुन को समेत बसोबास रहेको गैरिगाउ मा हाल एक घर पंयाङ्गु दुई घर दलित बाहेक सबै लुम्फुङ्वा वस्ती छ ।करीब 45 घर जती छन ।यसै गाउँ बाट संबो र मरालुङ मा लुम्फुङ्वा हरु गएका हुन। यसैगरी गैरिगाउँ बाट बसाइ सरिजाने हरु ,ताप्लेजुङ ,संखुवासभा , सुनसरी ,मोरङ ,झापा ,काठमाडौ ,भक्तपुर ,ललितपुर, हुँदै आसाम ,मिजोरम,बेलायत ,क्यानाडा सम्म बसोबास गरेको पाइन्छ ।। यो गाउँ प्राकृतिक स्रोत साधन ले पुर्ण छ ,यो गाउँ को तल्लो भेगमा ठुला ठुला खेत छन भने माथिल्लो भेगमा बारि छ। गाउँ भन्दा माथि ठुलो जंगल छ जून जंगल बाट घाँस ,दाउरा ,र घर बनाउने काठ परिपुर्ति हुन्छ ।प्रसस्तै पानीका मुहान हरु छन ।नालापानी को व्यावस्था नहुदा पनि खानेपानी र सिचाइ को लागि खासै समस्या थिएन । गाउँ वरिपरि हरियाली वनजंगल छ।प्राकृतिक पर्यावरण ले सिगारिएको यो गाउँमा मानव जातिको सभ्यता सुरुवात गर्ने लुम्फुङवा हरु को पुर्खा चन्द्रे को कान्छा छोरा साधु हुन ।जो सेरजङ बाट सिकार गर्न त्यो गाउमा गएको भन्ने किम्बदन्ती छ। अहिले गैरिगाउ मा लुम्फुङ्वा हरु को 12 पुस्ता पुगेको छ। यसलाई मानवशास्त्र लाई आधार मानेर हिसाब गर्ने हो भने यो गाउँमा करीब 300 बर्ष अगाडि अर्थात बि.स. 1770 को दसक मा साधु बसाइ सरि गएको आंकलन गर्न सकिन्छ ।।

नोगेन सेवारो

🙏🙏🙏