लुम्फुङ्वाहरुको प्राचीन थातथलो सम्दु

हाल फेदाप गाउँपालिका -4 तेह्रथुम मा पर्ने पहिला सम्दु गाविस को रूपमा थियो ,उक्त गाविस को वाड न. -3,7 ,8 मा लुम्फुङ्वा हरु को वस्ती छ। यो क्षेत्र लुम्फुङ्वा हरु को तेस्रो प्राचीन अर्थात पुरानो थातथलो हो।लुम्फुङ्वा वंश का अग्रज आश बहादुर लुम्फुङ्वा का अनुसार यो गाउँमा सबैभन्दा पहिले सङ्बो थर का लिम्बू हरु थिए ,पछि द्वन्द भए पछि हुक्पा चोङ्बाङ हरु ले लखेटी पठाए ,सङबो हरु ले सराप गरेर आफ्नो भुमि छोडेर अन्यत्र गए अहिले त्यो ठाउँमा दलित हरु को वस्ती छ ,सङबो हरु को भुमि भएको ले ठाउको नाम सङ्बो रहन गयो। यो गाउँमा सेरजङ बाट लाब्री जाने साधु को कान्छा छोरा हाङफुन्हाङ को जेठा छोरा देवाहाङ्ग भेडा बाख्रा गाई वस्तु को गोठ बस्न जादा उतै बसोबास गर्न थालेका हुन।। त्यसैगरी गैरिगाउ कै साधु को जेठा छोरा तिङ्नु हाङ को नाति तावाजित एक पुस्ता पछि सङ्बो गएको देखिन्छ तावाजित को छोराहरु गैरिगाउ र सङबो मा बाडिएर बसेका थिए र पछिल्लो समय तावाजित को छोरा महानन्द को साखा सन्तान पनि सङ्बो,पाक्तेन तिर स्थानान्तरण भएको देखिन्छ ।। र सबैभन्दा पछिल्लो समय जेठो खलक का 8 औ पुस्ता का कृष्णध्वोज को चार भाइ छोरा मध्ये नवौ पुस्ता का कान्छा छोरा ( हावा कान्छा) नामले चिनिने धन बहादुर सम्दु मा बसाइ सरि गएको देखिन्छ । यसरी सङबो ,सम्दु मा विभिन्न कालखण्डमा बसाई सरिगएको देखिन्छ ।हाल सम्दु र सङबो गरि जम्मा 25 घर जति लुम्फुङ्वा हरु को वस्ती छ।उक्त गाउँ का दाजुभाइ हरु हाल सुनसरी मोरङ झापा इलाम काठमाडौ ,भारत र बेलायत सम्म बसोबास गरेको पाइन्छ। उक्त गाउँमा तुम्भुङ्ला भन्ने ठाउँ छ ,जहाँ पन्छ भलाद्मी बसेर विभिन्न छलफल र निर्णय हरु गरिन्थे।त्यसै गरि सुम -वा दो ,(तीन वटा बाटो हरु को संगम स्थल) सुम-वा दो बाट सुम्दो र सङबो बाट संगपु भयो । सङ्बो का लुम्फुङ्वा हरु को खाम्लालुङ को पाक्तेन ,वयाक्जुङ को नेवै,लाव्री गैरिगाउ मा समेत जग्गा जमिन छ।।

नोगेन सेवारो

🙏🙏🙏