लुम्फुङवा कल्याणकारी संस्था स्थापनादेखि बर्तमान

संस्थाको प्रारम्भ

प्रस्तुत अभिलेख लुम्फुङवा कल्याणकारी संस्थाको पुरानो बैठक पुस्तिका (माइन्युट) को आधारमा तयार गरिएको छ । संस्थाको सांगठनिक इतिहासलाई जीवित राख्न र अहिलेको पुस्तालाई संस्थामा को को थिए भनेर जानकारी होस् भन्ने उदेश्यले प्रस्तुत लेख तयार गरिएको छ । प्रस्तुत लेख संस्थाको गतिविधी एवम् तिनको प्रभावकारितामा केन्द्रित छैन । भएपनि एकदमै थोरै र सान्दर्भिक मात्रै राखिएको छ । दुःखसाथ लेख्नैपर्ने के छ भने मिती २०५९ साल माघ १५ गतेदेखि २०७१ भदौसम्मको जम्मा १२ वर्षको बैठक पुस्तिका उपलब्ध हुन सकेन । त्यसैले त्यस अवधीको कार्य समितिको नामावली पुरा छैन ।

लुम्फुङवा कल्याणकारी संस्थाको इतिहासमा पहिलो भेला मिती २०४९ साल चैत्र १३ गते (तद अनुसार मार्च २६, १९९३) मोरंग जिल्ला स्थित आमबाडीमा क्या.नारायणसिं लुम्फुङवाको घरमा बसेको देखिन्छ । तराईबासी लुम्फुङवा परिवारको उक्त भेलाको बैठक पुस्तिका अनुसार सो बैठकमा को को सहभागी थिए भन्ने उल्लेख नभएपनि १० मुख्य र १ थप अतिरिक्तका साथ प्रस्ताव (निर्णय) पारित भएको देखिन्छ ।

सोही बैठकको प्रस्ताव १ मा संस्थाको नाम लुम्फुङवा कल्याणकारी संस्था् रहने भनि प्रस्ताव पारित भएको थियो । प्रस्ताव २ मा संस्थाको कोष निर्माण सम्बन्धी थियो । सो अनुसार हरेक लुम्फुङवा घरले शुरुमा रु. ५००।– पाँच महिनाभित्र तीन किस्तामा अनिवार्य बुझाउनुपर्ने भन्ने थियो । प्रस्ताव ३ मा प्रस्ताव २ अनुसारको रु. ५००।– बाहेक हरेक घरले हरेक महिना रु. १०।– को दरले संस्थामा लेवी जम्मा गर्नुपर्ने निर्णय भएको थियो । प्रस्ताव ४ मा संस्थाको सदस्यहरुलाई विभिन्न प्रकारको आर्थिक सहयोग प्रदान गर्नेबारे रहेको थियो । यस प्रस्तावमा ४ वटा खण्ड गरेर (क) मा संस्थाको सदस्य र सदस्यको परिवारलाई अचानक औषधी उपचार गर्न परेमा तीन महिनासम्म निर्व्याजि रु. ५००।– देखि रु. १,५००।– सम्म कर्जा दिने । (ख) मा मरिमराउमा रु. १,०००।– देखि रु. २,०००।– सम्म तीन महिनासम्म निर्व्याजिमा कर्जा दिने । (ग) मा संस्थाको सदस्यको छोरा वा छोरी राम्रो अंक ल्याएर एस्.एल्.सी.उतिर्ण गरेको र सो भन्दा माथि अभिभावक पढाउन असमर्थ भएमा संस्थाले पढाईमा लाग्ने खर्चको ५० % सहयोग गर्ने । र (घ) मा सदस्यहरुलाई कुनै दैवी वा प्राकृतिक प्रकोप जस्तैः– आगलागी, खोलो पहिरो आईलागे संस्थाले तोके (निर्णय) अनुसार सहयोग गर्ने उल्लेख भएको थियो । प्रस्ताव ५ मा माथि (ख) मा उल्लेख भएको घटना (मराउ पराउ) भएमा हरेक घरले २ केजी धानको चामल सहयोग गर्ने निर्णय भएको थियो । प्रस्ताव ६ मा कर्जा लिने सदस्यले तीन महिनामा कुनै हालतमा लिएको कर्जा रकम फिर्ता गर्नुपर्ने उल्लेख गरिएको थियो । प्रस्ताव ७ मा लिएको कर्जा तीन महिनामा नबुझाएमा संस्थाले तोकिएको बमोजिम ब्याज लाग्ने उल्लेख थियो । प्रस्ताव ८ मा संस्थाको सदस्यहरुको उपस्थितीमा वर्षमा १ पटक तोकिएको समय र स्थानमा बार्षिक साधारणसभा बोलाउने र उक्त बार्षिकसभामा आय व्यय विवरण प्रस्तुत गर्ने भन्ने उल्लेख गरिएको थियो । प्रस्ताव ९ मा बार्षिक साधारणसभाले यहाँ भएको दफाहरु थप घट गर्न सक्ने निर्णय भएको थियो । प्रस्ताव १० मा संस्थाको सदस्यहरुको नामावली अगाडीको पानामा उल्लेख गरिएको छ भन्ने छ (तर उक्त नामावली उपलब्ध छैन ।) अतिरिक्त थप प्रस्ताव दफामा माथि प्रस्ताव ४ को क र ख मा (औषधी उपचार र मराउ पराउ) उल्लेख भए अनुसार कर्जा लिएको तीन महिनामा नबुझाएमा तोकेको ब्याज कर्जा लगेको मितिदेखि नै कर्जा लानेले तिनुपर्ने भन्ने रहेको छ ।

यसरी लुम्फुङवा कल्याणकारी संस्था स्थापनाको मुख्य ध्येय बंशका सदस्यहरु विचमा कल्याणकारी काम गर्ने भन्ने बुझिन्छ । संस्थाले के कसरी आर्थिक जोहो गर्ने र के के मा कसरी कर्जा प्रवाह गर्ने भन्ने बारेमा प्रष्टताका साथ संस्था स्थापना भएको देखिन्छ । यसैगरी बार्षिक साधारणसभा, सभाले आय व्यय प्रस्तुत हने, नियमहरु फेरबदल गर्न सक्ने जस्ता कुराले संस्थामा शुसाषण प्रारम्भदेखि नै अपनाएको देखिन्छ । एक आपसमा के कसरी सहयोग आदान प्रदान गर्ने भन्ने बारेमा गहन छलफल गरेर निर्णयहरु भएको देखिन्छ ।

मिती २०५० साल बैशाख ३१ गतेका/मे ३१, १९९३ (पहिलो भेला भएको डेढ महिना पछि) दिन क्या.नारायणसिं लुम्फुङवाको घर दलानमा निजकै सभापतित्वमा बसी लुम्फुङवा कल्याणकारी संस्थाको सञ्चालक समिति (कार्य समिति) निम्नानुसार चुनिएको बैठक पुस्तिामा उल्लेख छ ।

१. सभापतीः क्या.नारायणसिं लुम्फुङवा आमबाडी

२. कोषाध्यक्षः आशबहादुर लुम्फुङवा धरान

३. सचिवः लालबहादुर लुम्फुङवा धरान

४. सदस्यः नरबहादुर लुम्फुङवा आमबाडी

५‍. सदस्यः शमशेरबहादुर लुम्फुङवा कसेनी, पथरी

६. सदस्यः मानबहादुर लुम्फुङवा राजघाट

७. सदस्यः सुरेन्द्रकुमार लुम्फुङवा आमबाडी

दश महिनापछि मिती २०५० साल माघ १५ गते (तदअनुसार जनवरी २८, १९९४) आय व्यय विवरण लगायत सम्पुर्ण विवरण पेश गर्नेगरी नारायणसिं लुम्फुङवाको सभापतीत्वमा निम्न सदस्यहरुको उपस्थितीमा बैठक बस्यो भनेर निर्णय पुस्तिकामा उल्लेख छ । यसरी यो नै लुम्फुङवा कल्याणकारी संस्थाको पहिलो साधारण सभा हुनुपर्छ । उपस्थितीः–

१. सभापतीः नारायणसिं लुम्फुङवा आमबाडी

२. कोषाध्यक्षः आशबहादुर लुम्फुङवा धरान

३. सचिवः लालबहादुर लुम्फुङवा धरान

४. सदस्यः नरबहादुर लुम्फुङवा आमबाडी

५. सदस्यः शमशेरबहादुर लुम्फुङवा कसेनी, पथरी

६‍. सदस्यः मानबहादुर लुम्फुङवा राजघाट

७. सदस्यः सुरेन्द्रकुमार लुम्फुङवा आमबाडी

८. सदस्यः रत्नबहादुर लुम्फुङवा

९. सदस्यः नरबहादुर लुम्फुङवा

१०. सदस्यः पदमसिं लुम्फुङवा

११. सदस्यः महावीर लुम्फुङवा

१२. सदस्यः पदमबहादुर लुम्फुङवा

१३. सदस्यः गोविन्दप्रसाद लुम्फुङवा

१४. सदस्यः डम्बरबहादुर लुम्फुङवा

१५. सदस्यः नरमाया लुम्फुङवा

१६. सदस्यः कमला लुम्फुङवा

१७. सदस्यः पदमबहादुर लुम्फुङवा

१८. सदस्यः युवराज लुम्फुङवा

१९. सदस्यः मोहनसिं लुम्फुङवा

२०. सदस्यः सनकसीं लुम्फुङवा

२१. सदस्यः बीरबहादुर लुम्फुङवा

२२. सदस्यः नीरबहादुर लुम्फुङवा

२३. सदस्यः अम्बरधोज लुम्फुङवा

२४. सदस्यः हाङनारायण लुम्फुङवा

सो बैठकले पुरानो कार्य समितिलाई नै निरन्तरता गर्ने निर्णय गर्‍यो ।

तेह्र महिनापछि मिती २०५१ साल फागुन १५ गतेको दिन नारायणसिं लुम्फुङवाको सभापतित्वमा उर्लाबारीमा बसेको बैठकले निम्नानुसार कार्य समिति चयन गरेको थियो ।

सभापतीः नारायणसिं लुम्फुङवा आमबाडी

सचिवः लालबहादुर लुम्फुङवा धरान

कोषाध्यक्षः आशबहादुर लुम्फुङवा धरान

सदस्यः नरबहादुर लुम्फुङवा आमबाडी

सदस्यः शमशेरबहादुर लुम्फुङवा कसेनी, पथरी

सदस्यः लालहाङ लुम्फुङवा सिजुवा

सदस्यः डोलबहादुर लुम्फुङवा इन्द्रपुर

सदस्यः नरबहादुर लुम्फुङवा केर्खा

सदस्यः निरबहादुर लुम्फुङवा पथरी

सदस्यः छत्रहाङ लुम्फुङवा पञ्चैङ्

सदस्यः पदसिंह लुम्फुङवा सत्तिसाले

सदस्यः पदमबहादुर लुम्फुङवा महारानीझोडा

वि.सं. २०५२ साल माघ १५ गते ११ महिनापछि २४ जनाको उपस्थितीमा आय व्यय प्रस्तुत भई ५ बुँदे प्रस्ताव पारित गर्दै पुरानो समितिलाई नै निरन्तरता गर्ने निर्णय भयो ।

वि.सं. २०५३ साल माघ १५ गते मोरंग जिल्लाको मंलबारेमा लाखबहादुर लुम्फुङवाको घरमा अध्यक्ष नारायणसिं लुम्फुङवाको अध्यक्षतामा बसी आय व्यय प्रस्तुत ३० जनाको सहभागितामा भएको देखिन्छ । सो बैठकले कार्य समिति पुःनगठन बारे केही पनि उल्लेख गरेको छैन । तर २०५४ साल माघ १५ गते मोरंग मंलबारे मै जगतबहादुर लुम्फुङवाको घरमा बस्ने निर्णय गरेको थियो ।

बैठक पुस्तिका अनुसार वि.सं. २०५४ सालमा बैठक बसेको देखिँदैन । वि.सं. २०५५ माघ १५ गते –जनवरी २९, १९९९) नारायणसिं लुम्फुङवाको अध्यक्षतामा मोरंग जिल्ला इन्द्रपुर – ६ स्थित डोलबहादुर लुम्फुङवाको घरमा २८ जनाको सहभागितामा बैठक बसी आय व्यय प्रस्तुत भएको थियो (बैठकमा थप २२ जनाको पनि उपस्थिती देखिन्छ । तर केहीको नाम, सही दोहोरिएको पनि देखिन्छ) । उक्त बैठकको प्रस्ताव नम्बर १ मा धनप्रसाद लुम्फुङवाको बाहुलीबाट लुम्फुङवा बंशावली विमोचन भएको लेखिएकोले उक्त दिन लुम्फुङवा बंशावली पहिलो संस्करण विमोचन भएको बुझ्न सकिन्छ । उक्त बैठकले पनि कार्य समितिलाई यथावत नै राखेको निर्णय गरेको देखिन्छ ।

मिती २०५६ साल माघ १५ गतेको दिन नारायणसिं लुम्फुङवाको अध्यक्षतामा मोरंग जिल्लाको साविक शनिश्चरे गा.वि.स.–३ स्थित कुशेचौरीमा खड्कबहादुर लुम्फुङवाको घरमा बसेको थियो । ३४ जनाको उपस्थिती भएको उक्त बैठकमा संस्थाको दुईजना सदस्य नरबहादुर लुम्फुङवा र पदमबहादुर लुम्फुङवाको देहावसान भएकोमा उनीहरुको सदस्य परिवारमा सारनी गरेको निर्णय भएको देखिन्छ । कार्य समिति यथावत राख्ने निर्णय भएको र २०५७ सालको बैठक मंलबारेमा ह.क्या. मेहेरमान लुम्फुङवाको घरमा गर्ने निर्णय भएको देखिन्छ ।

वि.सं. २०५७ साल माघ १५ गते मोरंग जिल्ला स्थित मंलबारेमा मेहेरमान लुम्फुङवाको घरमा अध्यक्ष नारायणसिं लुम्फुङवाको घरमा बसेको देखिन्छ । सो बैठकमा २० जना उपस्थिती भएको र ५ बुँदे प्रस्ताव निर्णय भएको देखिन्छ । सोही बैठकले मराउ पराउ पर्दा एकदेखि दुई हजारबाट पाँच हजारसम्म वृद्धि गरेको, २५ हजारको कोष बनाउने, सह–कोषाध्यक्षमा हस्तवीर लुम्फुङवालाई थप गर्ने र अन्य कार्य समिति यथावत राख्ने निर्णय गरेको देखिन्छ ।

दुई वर्षपछि वि.सं. २०५९ साल माघ १५ गतेका दिन (जनवरी २९, २००३) साविक उर्लाबारी गा.वि.स. वडा – ६ मा लाखबहादुर लुम्फुङवाको घरमा निजकै अध्यक्षतामा ३३ जनाको उपस्थितीमा संस्थाको बैठक बस्यो । माआवादी द्धन्द र तात्कालिन अध्यक्षको देहावसानले संस्थालाई प्रभाव पारेको देखिन्छ । २०५७ सालमा सह–कोषाध्यक्ष भनी उल्लेख भएका हस्तवीर लुम्फुङवाले कोषाध्यक्षको रुपमा वार्षिक आय व्यय प्रस्तुत गरेको बैठक पुस्तिकामा उल्लेख भएको छ । स्थापनाको समयदेखिको अध्यक्ष नारायणसिं लुम्फुङवाको देहावसान भएकोले निजको ठाउँमा सचिव लालबहादुर लुम्फुङवालाई अध्यक्षमा पदपुर्ती गर्ने निर्णय गरेको थियो । यसैगरी सचिव पदमा पूर्णबहादुर लुम्फुङवालाई तोकी अन्य सदस्यलाई यथावत राख्ने निर्णय गरेको थियो । बैठकले वि.सं. २०६० सालको बैठक धरान – १९ स्थित लालबहादुर लुम्फुङवाको घरमा बस्ने निर्णय भएको देखिन्छ । यसरी तात्कालिन कार्य समिति यस प्रकार देखिन्छ ।

सभापती ः लालबहादुर लुम्फुङवा धरान

सचिव ः पूर्णबहादुर लुम्फुङवा धरान

कोषाध्यक्ष ः हस्तवीर लुम्फुङवा धरान

सदस्य ः नरबहादुर लुम्फुङवा आमबाडी

सदस्य ः शमशेरबहादुर लुम्फुङवा कसेनी, पथरी

सदस्य ः लालहाङ लुम्फुङवा सिजुवा

सदस्य ः डोलबहादुर लुम्फुङवा इन्द्रपुर

सदस्य ः नरबहादुर लुम्फुङवा केर्खा

सदस्य ः निरबहादुर लुम्फुङवा पथरी

सदस्य ः छत्रहाङ लुम्फुङवा पञ्चैं

सदस्य ः पदसिंह लुम्फुङवा सत्तिसाले

वि.सं. २०६० सालमा धरानमा बैठक बसेको र उक्त बैठक पछिको वि.सं. २०७१ भदौसम्म जम्मा १२ वर्षको बैठक पुस्तिका भेट्न सकिएको छैन ।

मौखिक रुपमा त्यस समयको अध्यक्ष, सचिव तथा कोषाध्यक्ष सम्म प्राप्त भएको छ । जो यस प्रकार छ । आगामी दिनमा हराएको ११ वर्षको बैठक पुस्तिका प्राप्त भएमा वेबसाईट मार्फत दुरुस्त गर्न सकिने छ ।

वि.सं. ०६१÷०६२ मा खडक बहादुर लुम्फुङवा अध्यक्ष, पुर्णबहादुर लुम्फुङवा सचिव र हस्तवीर लुम्फुङवा कोषाध्यक्ष हुनुहुन्थ्यो ।

वि.सं. ०६३ मा कोषाध्यक्ष मेहेरमान लुम्फुङवा हुनुभयो । अध्यक्ष र सचिव यथावत हुनुभयो ।

वि.सं. ०६६ देखि ले.नरबहादुर लुम्फुङवा अध्यक्ष, मोहनसिं लुम्फुङवा सचिव र हस्तवीर लुम्फुङवा पुःन कोषाध्यक्ष हुनुभयो ।

संस्थाको नँया गति

वि.सं. २०७१ साल असोज ४ गते वार्षिक साधारणसभा भई निम्नानुसारको कार्य समिति चयन भयो । यसपछिको बैठक पुस्तिका सुरक्षित रहेको छ । यहीँ साधारणसभाको निर्णय नम्बर ९ अनुसार लुम्फुङवा बंशावली दोश्रो संस्करण प्रकाशन गर्ने निर्णय भएको देखिन्छ । यस समितिमा महिलाहरुको प्रवेश भएको देखिन्छ ।

ज्ञ। अध्यक्ष ः ले.नरबहादुर लुम्फुङवा

द्द। वरिष्ठ उपाध्यक्ष ः राज्यप्रसाद लुम्फुङवा

घ। उपाध्यक्ष ः पुर्णबहादुर लुम्फुङवा

द्ध। उपाध्यक्ष ः वसन्ती थेबे लुम्फुङवा

छ। सचिव ः मोहनसिं लुम्फुङवा

ट। सह–सचिव ः कर्णबहादुर लुम्फुङवा

ठ। सह–सचिव ः रुपबहादुर लुम्फुङवा

ड। सह–सचिव ः हेमचन्द्र लुम्फुङवा

ढ। कोषाध्यक्ष ः कमलकुमार लुम्फुङवा

ज्ञण्। सदस्य ः उत्तमकुमार लुम्फुङवा

ज्ञज्ञ। सदस्य ः विजय लुम्फुङवा

ज्ञद्द। सदस्य ः सुश्री कल्पना लुम्फुङवा

मिती २०७१ साल माघ ७ गतेको बैठकले संस्था दर्ता गर्ने निर्णय ग¥यो । अध्यक्ष नरबहादुर लुम्फुङवाको जोडबलमा संस्था दर्ता गर्नका लागि कार्य समिति निम्नानुसार रहने समेत निर्णय भयो । यसबाट स्थापनाकालमा योगदान पु¥याउनेलाई सम्मान गरेको बुझ्न सकिन्छ । संस्थामा थर सम्वन्धी आएको विवादलाई समाधान गर्न पनि सफल रहयो । दर्ता समयको कार्य समिति यस प्रकार रहेको थियो ।

ज्ञ। अध्यक्ष ः लालबहादुर लुम्फुङवा

द्द। उपाध्यक्ष ः नरबहादुर लुम्फुङवा

घ। सचिव ः विजय लुम्फुङवा

द्ध। सह–सचिव ः पूर्णबहादुर लुम्फुङवा

छ। कोषाध्यक्ष ः उत्तमकुमार लुम्फुङवा

ट। सदस्य ः कमलकुमार लुम्फुङवा

ठ। सदस्य ः रणबहादुर लुम्फुङवा

ड। सदस्य ः आशबहादुर लुम्फुङवा

ढ। सदस्य ः मनकुमार लुम्फुङवा

वि.सं. २०७१ साल फागुन महिनामा लुम्फुङवा हिम रु. ५५ लाखमा किन्ने निर्णय सचिवालयले गरेर धरान – १६ मा खरिद ग¥यो । यहीँ बैठकले बंशावली प्रकाशनको लागि प्रस्ताव पत्र तयार गर्ने निर्णय पनि ग¥यो ।

वि.सं.२०७२ सालको शुरु मै महाभुकम्प र संविधान निर्माण तथा त्यस वरिपरी आन्दोलनहरु र संस्था दर्ता गर्ने चटारोले उल्लेखनीय कार्यहरु भएको देखिदैन ।

वि.सं.२०७३ साल जेठ ५ गतेको बैठकले बंशावलीको रुपरेखा तयार गर्ने र देश विदेशमा प्रायोजन सहयोगको लागि अपिल गर्ने निर्णय भयो । सो अनुसार अपिल पत्र बनाएर हङकङ, युके पठाउने कार्य भयो । तर लुम्फुङवा हिमका लागि पनि सहयोग उठीरहेकोले उक्त अपिल पत्रले काम गरेन ।

वि.सं.२०७३ साल पौष २३ गते भएको संस्थाको साधारणसभाले वंशावली लेखनको कार्य योजना पारित ग¥यो । साधारणसभाले निर्वाचित गरेको कार्य समिति यस प्रकार रहेको थियो ।

ज्ञ। अध्यक्ष ः ले.नरबहादुर लुम्फुङवा

द्द। उपाध्यक्ष ः पुर्णबहादुर लुम्फुङवा

घ। सचिव ः मोहनसिं लुम्फुङवा

द्ध। सह–सचिव ः कर्णबहादुर लुम्फुङवा

छ। कोषाध्यक्ष ः कमलकुमार लुम्फुङवा

ट। सदस्य ः धनकुमार लुम्फुङवा – मेन्छयायेम ः ४

ठ। सदस्य ः पूर्णबहादुर लुम्फुङवा – मेन्छयायेम ः १

ड। सदस्य ः श्रीप्रसाद लुम्फुङवा – सुन्दरहरैचा ः १०

ढ। सदस्य ः महेन्द्र लुम्फुङवा – काठमाडौं

ज्ञण्। सदस्य ः मनकुमार लुम्फुङवा

लुम्फुङवा हिम खरिदमा लागेको सापटी उठाउने कामलाई प्राथमिकता दिँदा बंशावलीको लागि सहयोग उठ्न सकेन । त्यसको प्रभाव बंशावलीको काम अगाडी बढ्न नसकेर प¥यो ।

वि.सं. २०७४ माघ २० गते धरान स्थित याक्खा छुम्मा भवनमा वार्षिक भेला सम्पन्न भयो । उक्त वार्षिक भेलाले निर्वाचित गरेको कार्य समिति निम्नानुसार थियो ।

ज्ञ। अध्यक्ष ः पुर्णबहादुर लुम्फुङवा

द्द। उपाध्यक्ष ः मनकुमार लुम्फुङवा

घ। सचिव ः मोहनसिं लुम्फुङवा

द्ध। सह–सचिव ः कर्णबहादुर लुम्फुङवा

छ। कोषाध्यक्ष ः कमलकुमार लुम्फुङवा

ट। सदस्य ः धनकुमार लुम्फुङवा – मेन्छयायेम गा.पा.

ठ। सदस्य ः पूर्णबहादुर लुम्फुङवा – मेन्छयायेम गा.पा.

ड। सदस्य ः श्रीप्रसाद लुम्फुङवा – सुन्दरहरैचा, मोरंग

ढ। सदस्य ः महेन्द्र लुम्फुङवा – काठमाडौ

वि.सं.२०७६ असोज ४ गते संस्थाको वार्षिक साधारण सभा सम्पन्न भयो । सभाले निम्नानुसारको कार्य समिति निर्वाचित ग¥यो ।

ज्ञ। अध्यक्ष ः पुर्णबहादुर लुम्फुङवा

द्द। उपाध्यक्ष ः मनकुमार लुम्फुङवा

घ। सचिव ः लक्ष्मीनारायण लुम्फुङवा

द्ध। सह–सचिव ः कर्णबहादुर लुम्फुङवा

छ। कोषाध्यक्ष ः कमलकुमार लुम्फुङवा

ट। सदस्य ः धनकुमार लुम्फुङवा – मेन्छयायेम गा.पा.

ठ। सदस्य ः श्रीप्रसाद लुम्फुङवा – सुन्दरहरैचा, मोरंग

ड। सदस्य ः सकुन लुम्फुङवा – धरान÷फेदाप, मरालुङ

ढ। सदस्य ः सन्तोष लुम्फुङवा – उर्लाबारी न.पा., मोरंग

ज्ञण्। सदस्य ः खमानधोज लुम्फुङवा – फेदाप गा.पा.

ज्ञज्ञ। सदस्य ः डिल्ली लुम्फुङवा (२०७७ कार्तिक १ देखि)

त्यसै साधारणसभाले बंशावली प्रकाशन समितिलाई पुःनगठन गरयो र सचिव लगायत लेखन एवम् सम्पादनको जिम्मा नरप्रसाद लुम्फुङवालाई जिम्मा दियो ।

मिती २०७६ साल पुष २८ गतेको दिन धरानमा आयोजना भएको बैठकमा संस्थाको पूर्व अध्यक्ष ले.नरबहादुर लुम्फुङवाले एक लाख बीस हजार एकसय पच्चिस रुपैयाँ बंशावली प्रायोजन सहयोग पहिलो पटक प्रदान गरेर बंशावली कामलाई गति दिने काम गर्नुभयो । वास्तवमा त्यसपछि नै बंशावली लेखन तिब्रताका साथ अगाडी बढ्ने तरखर गर्दा २०७६ को चैत्र महिनादेखि विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले संस्थाको काम लगायत बंशावलीको कामलाई अस्तव्यस्त बनाईदियो ।

वि.सं. २०७६ सालमा संस्थको औपचारिक साधारणसभा भेला हुन सकेन । नेपाल सरकारको गृह मन्त्रालयको परिपत्र अनुसार कार्य समितिको बैठक बसी संस्थाको नविकरण गर्ने कार्य भयो । मिती २०७७ साल कार्तिक १ गते देखि रिक्त उपाध्यक्ष पदमा होमबहादुर लुम्फुङवा पदपुर्ती हुनुभयो । वि.सं.२०७७ र २०७८ मा पनि कोभिड दोश्रो र तेश्रो लहरका कारण वृहत भेला हुन सकेन ।

हाल कार्य समिति यस प्रकार रहेको छ ।

ज्ञ। अध्यक्ष ः पुर्णबहादुर लुम्फुङवा

द्द। उपाध्यक्ष ः होमबहादुर लुम्फुङवा (२०७७ कार्तिक १ देखि)

घ। सचिव ः लक्ष्मीनारायण लुम्फुङवा

द्ध। सह–सचिव ः कर्णबहादुर लुम्फुङवा

छ। कोषाध्यक्ष ः कमलकुमार लुम्फुङवा

ट। सदस्य ः धनकुमार लुम्फुङवा – मेन्छयायेम गा.पा.

ठ। सदस्य ः श्रीप्रसाद लुम्फुङवा – सुन्दरहरैचा, मोरंग

ड। सदस्य ः सकुन लुम्फुङवा – धरान÷फेदाप, मरालुङ

ढ। सदस्य ः सन्तोष लुम्फुङवा – उर्लाबारी न.पा., मोरंग

ज्ञण्। सदस्य ः खमानधोज लुम्फुङवा – फेदाप गा.पा.

ज्ञज्ञ। सदस्य ः डिल्ली लुम्फुङवा (२०७७ कार्तिक १ देखि)

संस्था मूलतः मधेश तराईको लुम्फुङवा दाजुभाईलाई संगठित गर्ने (माइन्युट सोही अनुसार भएको देखिन्छ), एक आपसमा सहयोग आदान प्रदान गर्ने र एक ठाउँकोलाई दुःख पर्दा अर्को ठाउँकोले खुशी मनाएर बस्ने स्थिती नहोस् भनेर स्थापना भएको हो । विशेष गरेर वि.संं.को २०७० पछि मुलथलो तेह्रथुमको लाबृ गैरी गाउँ, सङबो र सेरजंगमा पनि संस्थाको आवश्यकता महशुष भयो । २०७३÷०७४ पछि पहाडमा पनि बंशेरी दाजुभाईहरु संगठित हुनुपर्छ भनेर संगठित हुने क्रम जारी छ । उपलब्ध नामावली यस प्रकार रहेको छ ।

लुम्फुङवा कल्याणकारी संस्था, सेरजंग गाउँ समिति

ज्ञ। अध्यक्ष ः राजबहादुर लुम्फुङवा

द्द। उपाध्यक्ष ः दुर्गाप्रसाद लुम्फुङवा

घ। सचिव ः लक्ष्मीकुमार लुम्फुङवा

द्ध। सह–सचिव ः पवित्रा सोदेम्बा लुम्फुङवा

छ। कोषाध्यक्ष ः मणिप्रसाद लुम्फुङवा

ट। सदस्य ः कल्पना चोङबाङ लुम्फुङवा

ठ। सदस्य ः रुद्रबहादुर लुम्फुङवा

ड। सदस्य ः नरेन्द्रकुमार लुम्फुङवा

ढ। सदस्य ः तेजनारायण लुम्फुङवा

ज्ञण्। सदस्य ः होमकुमारी चोङबाङ लुम्फुङवा

ज्ञज्ञ। सदस्य ः चन्द्रबहादुर लुम्फुङवा

ज्ञद्द। सदस्य ः देउकुमार लुम्फुङवा

ज्ञघ। सदस्य ः कविन्द्रकुमार लुम्फुङवा

ज्ञद्ध। सदस्य ः वृखबहादुर लुम्फुङवा

ज्ञछ। सदस्य ः रमेश लुम्फुङवा

ज्ञट। सदस्य ः लक्ष्मी पंधाक लुम्फुङवा

ज्ञठ। सदस्य ः विनिता फागो लुम्फुङवा

सल्लाहकार समिति

ज्ञ। संयोजक ः ललितमान लुम्फुङवा

द्द। सदस्य ः धनकुमार लुम्फुङवा

घ। सदस्य ः जीतबहादुर लुम्फुङवा

द्ध। सदस्य ः हंशबहादुर लुम्फुङवा

छ। सदस्य ः लीलाकुमार लुम्फुङवा (वडा अध्यक्ष)

ट। सदस्य ः कालीबहादुर लुम्फुङवा

लुम्फुङवा कल्याणकारी संस्था, लाबृ गैरी गाउँ समिति

ज्ञ। अध्यक्ष ः टेकबहादुर लुम्फुङवा

द्द। उपाध्यक्ष ः ऐतराज लुम्फुङवा

घ। सचिव ः अर्जुन लुम्फुङवा

द्ध। सह–सचिव ः विजयकुमार लुम्फुङवा

छ। कोषाध्यक्ष ः चन्द्र कुमारी लुम्फुङवा

ट। सदस्य ः राजकुमार लुम्फुङवा

ठ। सदस्य ः भद्रबहादुर लुम्फुङवा

ड। सदस्य ः पूर्णबहादुर लुम्फुङवा

ढ। सदस्य ः दिलबहादुर लुम्फुङवा

ज्ञण्। सदस्य ः शहरमान लुम्फुङवा

ज्ञज्ञ। सदस्य ः भक्तबहादुर लुम्फुङवा

ज्ञद्द। सदस्य ः राज्यप्रसाद लुम्फुङवा

ज्ञघ। सदस्य ः सीता लुम्फुङवा

ज्ञद्ध। सदस्य ः धनमाया लुम्फुङवा

ज्ञछ। सदस्य ः दिलकुमार लुम्फुङवा

ज्ञट। सदस्य ः गणेश पंधाक लुम्फुङवा

ज्ञठ। सदस्य ः राजेन्द्र लुम्फुङवा

ज्ञड। सदस्य ः तेजबहादुर लुम्फुङवा

ज्ञढ। सदस्य ः बमबहादुर लुम्फुङवा

द्दण्। सदस्य ः कुलबहादुर लुम्फुङवा

लुम्फुङवा कल्याणकारी संस्था, सङबो गाउँ समिति

ज्ञ। अध्यक्ष ः खमानधोज लुम्फुङवा

द्द। उपाध्यक्ष ः रमेश लुम्फुङवा

घ। सचिव ः गजेन्द्र लुम्फुङवा

द्ध। कोषाध्यक्ष ः नबिन लुम्फुङवा

उपसंहार

लुम्फुङवा कल्याणकारी संस्थाको संस्थागत जीवनमा कार्य समिति जे जस्तो भएपनि बैठकमा जोकोही उपस्थित भई राय सुझाव राख्न सक्छन् । लिम्बु याक्थुङ समाजमा चलेको यो परम्परागत चुम्लुङको झल्को पनि हो । यसैगरी परम्परागत चुम्लुङले गर्ने कार्यहरु जस्तैः दाजुभाईमा झैं झगडा भएमा मिलाउने, लोग्ने स्वास्नी विचमा झगडा भए मिलाउने सम्मको कार्यहरु गर्दै आएको छ । कोभिड लगायत दुःख विराम हुँदा व्यापक र व्यक्तिगत सहयोग उठाएर राहत लगायत आर्थिक सहयोग संकलन गरेर प्रदान गर्ने कार्य गर्दै आईरहेको छ । यसरी लुम्फुङवा कल्याणकारी संस्थाले स्थापनाकालदेखि निरन्तर कार्य गरिरहेको छ ।